Connect with us
Kapilvast Forest

चर्को ब्याजदर लिन नपाएपछि सहकारी सञ्चालकहरु आन्दोलित ब्याजदरको सीमा नहटाए अदालत जाने चेतावनी

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

 

सहकारी विभागले सहकारीमा सन्दर्भ ब्याजदर तोकेर लागू गरेपछि सहकारीका सञ्चालकहरु अत्तालिएका छन् । विभागले गत साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋणमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । यो निर्णयले सहकारी संस्थाका सञ्चालकहरुमा चरम असन्तुष्टि देखिएको छ । उनीहरुले सङ्घर्ष समिति नै बनाए ब्याजदर बढाउनेतर्फ लागिपरेका छन् ।

सहकारीमा ६ प्रतिशत स्प्रेडदर (बचत र ऋणमा दिने ब्याजको अन्तर) राख्नुपर्ने प्रावधान छ । यसले बचतमा १० प्रतिशतसम्म दिन सकिनेछ । जिल्ला बचत सङ्घहरु विभागले लागू गरेको ब्याजदर कार्यान्वय गर्न नदिने पक्षमा देखिएका छन् । उनीहरुले उपत्यका सहकारी सङ्घर्ष समिति नै गठन गरेर विरोध गरिरहेका छन् । विभागले सन्दर्भ ब्याजदरलाई सीमा (क्याप) जसरी परिभाषित गरेर ब्याजदरमा कसेर सहकारीको सिद्धान्तमाथि प्रहार गरेको समितिको ठहर छ । उनीहरुले गत भदौ १५ गते राष्ट्रिय सहकारी महासङ्घमा ब्याजदरमा सीमा नलगाउने व्यवस्था गराइदिन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझाएपछि महासङ्घको बोर्ड बैठक भदौ १८ गते बस्यो । बैठकले सङ्घर्ष समितिलाई १० दिनभित्र बोलाएर छलफल गरी सोबाट निस्केको निर्णयअनुसार अगाडि बढ्ने धारणा बनाएको थियो । महासङ्घका अध्यक्ष केशव बडाल मङ्गलबार (भदौ २४) मात्र चीनबाट स्वदेश फर्किएका छन् ।

महासङ्घकी उपाध्यक्ष ओमदेवी मल्लले अब चाँडै नै ज्ञापनपत्र बुझाउनेहरुसँग छलफल गरेर एउटा निष्कर्ष निकाल्ने बताइन् ।

ब्याजको क्याप नहटाए अदालत जाने

उपत्यका सङ्घर्ष समितिका संयोजक टेक चौलागाईं महासङ्घको पहलमा विभागलाई ब्याजदरको क्याप हटाउन लगाउने बताउँछन् । उनले भने, ‘सरकारले सन्दर्भ ब्याजदरलाई गलत तरिकारले परिभाषित गरेर ब्याजदरमा क्याप लगाएको छ । १६ प्रतिशतभन्दा माथि जानै पाउँदैन भनेको छ । यो सहकारीको सिद्धान्त विपरीत छ । महासङ्घकै पहलमा हटाउन लगाउँछौँ । नहटे अदालत जान्छौँ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu