२०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष मल्ल पुनः मतगणना हुँदा एक मतले विजयी
कालिकोट- विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका(७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी हुनु भएको छ। स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।
नेकपा एमालेको सूर्य चिह्नबाट विजयी भएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाएको थियो भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा लडेका कार्कीले १४१ मत पाउनु भएको थियो । कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गर्नु भएको थियो । जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गर्नु भएको थियो ।
जिल्ला अदालत कालीकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र मंगलबार पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले बताउनु भयो ।
मत गणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहेकी कुजी विकले पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका प्रमुख मल्लले जानकारी दिए। ुविकले पहिले मत गणना हुँदा १३७ मत पाउनुभएको थियो। अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ उहाँले भन्नु भयो माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ।ु स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो।