Connect with us
Kapilvast Forest

सांसदको गोली हानी हत्या

२०७८, १ पुष बिहीबारमा प्रकाशित

goli

एजेन्सी- उत्तर नाइजेरियाको कडुना राज्यका एक विधायकलाई सोमबार राजमार्गमा बन्दुकधारीहरूको एक समूहले गोली हानी हत्या गरेका स्थानीय अधिकारीले बुधबार बताएका छन्।

 

काडुना राज्य सभाका सभामुख युसुफ इब्राहिम जाइलानीले सिन्ह्वालाई फोनमार्फत् दिएको जानकारी अनुसार राजधानी कडुना शहर र राज्यको अर्को शहर जरियालाई जोड्ने राजमार्गमा बन्दुकधारीहरूले सोमबार राति गरेको आक्रमणमा एक विधायकसहित केही व्यक्तिको मृत्यु भएको हो।

‘यो दुःखद र पीडादायी घटना भएको छ, घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं,’ उनले भने। नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमण एउटा प्रमुख सुरक्षा खतरा भएको छ। उक्त क्षेत्रमा पछिल्ला केही महिनाहरूमा मृत्यु र अपहरणका घटना बढेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu