माओबादी सशस्त्र द्धन्दमा बेपत्ता पारिएको परिवारलाई २० बर्ष पछि प्रमाण पत्र
कपिलवस्तु -माओबादी सशस्त्र द्धन्दमा बेपत्ता पारिएका ब्क्तिको परिवारलाई २० बर्ष पछि भएको प्रमाण प्रदान गरिएको छ । बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले कपिलवस्तुको तौलिहवामा बेपत्ता पारिएका ब्यक्तिको परिवारलाई प्रमण पत्र प्रदान गरेको हो ।
आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गंगाधर अधिकारीको अगुवाईमा आएको टोलीले बेपत्ता पारिएका १६ जनाका परिवारलाई प्रमाण पत्र प्रदान गरिएको हो । २०५८ माघ १२ गते कपिलवस्तुको बाणगंगा नगरपालिका– ५ कोपवाको मधौली स्थित आफनै घरबाट बेपत्ता पारिएका तुलसीरामा भुसालको परिवारले शनिवार बेपत्ता पारिएको प्रमाण पत्र पाए । भुसालका कान्छा छोरा प्रकाश, छोरी गोमा, नातिहरु लक्ष्मण र रामचन्द्र तथा नातिनि संगीताले बेपत्ता परिवारको एकैसाथ प्रमाण पत्र पाउनु भयो । २० बर्ष पछिको लामो पर्खाई र प्रयास पछि बेपत्ताको प्रमाण पत्र पाउदा मनमा बल्ल मनमा संतोष लागेको प्रकाश भुसालले बताउनु भयो । ‘
बुवालाई घरबाटै बेपत्ता पारिएको थियो, हामीले धेरै खोजबिन गरेयौ तर कहि फेला पार्न सकेनौ’ उहाँले भन्नु भयो ‘ फेला नपरे पछि हामीले प्रमाण पत्रकालागि धेरै धायौ’ । काठमाण्डौ शान्ति समिति, प्रशासन कार्यालयका धेरै चक्कर काटे पछि बल्लतल्ल अहिले प्रमाण पत्र पाएको उहाँले बताउनु भयो । बाणगंगा नगरपालिका– ३ बाट बेपत्ता पारिएका कृष्ण कुमालकी आमाले पनि २० बर्ष पछि बेपत्ताको प्रमाण पत्र पाएको आमा ईन्दीराले बताउनु भयो ।
‘ निर्दोष छोरालाई बेपत्ता पारियो, छोरा भेटिने धेरै आशा थियो तर कही फेला परेन ’ उहाँले भन्नु भयो ‘ अहिले भने छोरा बेपत्ता भएको आधारमा प्रमाण पत्र पाएकी छु ’ उहाँले भन्नु भयो । ‘ छोरा फेला नपरे नि बेपत्ता भएको परिवारको प्रमाण पत्र पाउदा केही भए पनि संतोष लागेको छ ’ उहाँले भन्नु भयो । २०५२ साल फागुन १ देखि २०६३ मंसिर ५ गते सम्म माओबादी सशस्त्र द्धन्दकालमा कपिलवस्तुबाट २४ जना बेपत्ता भएको उजुरी आएको आयोगका प्रबक्ता अधिकारीले बताए । त्यस मध्ये २० परिवारको बिस्तृत अुनसंधान गरिएको छ ।
एक जनाको छानबिनमा राखिएको र ३ जनाको तामेलीमा राखिएको छ । माओबादी सशस्त्र द्धन्द्धकालमा नेपालमा ३ हजार २५९ बेपत्ता भएको उजुरी आएको छ । जसमध्ये ७ प्रदेशमा सबै भन्दा बढी ७ सय २२ जना ल्म्बिनी प्रदेशका छन । लुम्बिनी प्रदेशको नवलपरासि,रुपन्देही र कपिलवसतुमा अयोगले प्रमाण पत्र बाडि सेकेको प्रवत्ता अधिकारीले बताउनु भयो । देशभर हाल सम्म ६ सय जना बेपत्ता भएको ब्यक्तिको परिवारका कुल २ हजार जनालाई प्रमाण पत्र बाडि सकिएको छ । बेपत्ता पारिएका १ सय ६८ जनाको सिफारिस गरी ती परिवारले १० लाखका दरले राहत रकम पाई सकेका छन ।
बेपत्ता पारिएको ब्क्तिहरुको परिवारलाई आफुहरुले जिल्लामै गई प्रमाम पत्र बितरण गर्दै आएको प्रवक्ता अधिकारीले बताउनु भयो । बेपत्ता भएका परिवारलाई चाडै प्रममाण पत्र बितरण गर्ने बिषयमा प्रदेश सरकार र पालिकाहरुसं समेत समन्वय गरिएको उहाँले बताउनुभयो । बेपत्ता पारिएका ब्यक्तिको परिवारलाई पालिकाहरुले समेत प्राथमिकता दिनु पर्ने उहाँले बताउनु भयो । बेपत्ता भएका ब्यक्तिको परिवारलाई सरकारी नीति अनुसार परिपुरण, पुर्नस्थापना, सहुलियतपुाणर्् कर्जा, कर छुट, शिक्षा तथा तालिम, स्वास्थय, बिमा, यातायात, समाजिक सुरक्षा लगायतका सरकारले सुबिधा दिने नीति अवलम्न गरेको छ ।