प्याब्सन कपिलवस्तुको अध्यक्षमा पाण्डे निर्वाचित
कपिलवस्तु -नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुको आज शनिबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेकोछ । प्रेसपाटीलाई प्राप्त विवरण अनुसार ७६ मत खसेकोमा सुन्दर पाण्डेले ५३ मत पाएर विजयी हुनु भएको छ भने वासुदेव घिमिरेले २३ मत मात्र पाउनु भएको छ ।
प्याब्सन जिल्ला अध्यक्षका लागि होराइजन आवासिय मावि सिद्धिपुरका प्राचार्य बासुदेब घिमिरे र लिटिल स्टार बोर्डिङ स्कुल ओदारीका प्राचार्य सुन्दर पाण्डेको बीच प्रतिस्पर्धा भएकोमा पाण्डेले फराकिलो मतान्तरण जित हासिल गरेर अध्यक्ष बन्नु भएको हो ।
हाल नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुमा ७९ जना सदस्य रहेकोमा ७६ मत खसेका थिए । प्रतिशतमा हेर्दा निर्वाचित हुनुभएको पाण्डेले पाएको मत ७० प्रतिशत हो भने घिमिरेले ३० प्रतिशत मात्र मत पाउनु भएको छ ।
पाण्डे निर्वमान समितीको उपाध्यक्ष हुनुहुन्थ्यो भने घिमिरे यस अघिको अधिबेशनमा समेत अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित हुनु भएको थियो । अधिवेशनले प्याब्सनको नयाँ नेतृत्वको टीम समेत चयन गरेको छ । जसको लागि बिहिबार नै उमेद्धवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।जस अनुसार अध्यक्षमा २ जनाको उमेद्धवारी परेको थियो ।