Connect with us
Kapilvast Forest

रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखाको अध्यक्षमा धोवि

२०७८, ३ पुष शनिबारमा प्रकाशित

कपिलवस्तु-रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुले नयाँ कार्य समिती सर्बसम्मत पुर्नगठन गरेको छ ।कपिलवस्तुको चन्द्रौटामा सनिवार भएकोभेलाले पत्रकार सनिउल्लाह धोबीको नेतृत्वमा २३ सदस्यीय कार्य समिति पुनः गठन गरेको हो । जसको उपाध्यक्षमा  माधव बेल्बासे र मनिष गुप्ता,सचिव नवराजमा पौडेल र सचिव सीता पौडेल, सहसचिवमा  अर्जुन बेल्बासे, कोषाध्यक्षमा  माया बस्नेत र सदस्यहरुमा अनेक पाण्डे, दिपक भण्डारी, कृष्ण पौडेल, बृजेश यादव, राम अवतार थारु, घन श्याम भर, विपना पौडेल, देवानन्द ठाकुर, भोला गुप्ता, केशब बेल्बासे, शम्भु विक, सुर्य गुरुङ्ग,प्रकाश बराल, भुपेन्द्र विक, जानकी पुन लगायत चयन हुनु भएको छ ।

त्यस्तै आजै बसेको रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको पहिलो बैठकले सल्लाहकार समिती चयन गरेको छ ।
सल्लाहकार समितीमा राजु खराल, चिन्ता परियार, सिताराम चौधरी, शरद अधिकारी, सन्जिव गहतराज, दिपक खड्का, निसा विक रहनु भएको छ ।

साथै कार्य समिती बैठकले रिपोर्टर्स क्लव नेपाल चन्द्रौटा शाखा कपिलवस्तुको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।साथै शिवराज नगरपालिका ९ शिवगढिमा हुने फुटबल प्रतियोगितामा मैत्रीपुर्ण खेल खेल्ने निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj