Connect with us
Kapilvast Forest

केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मनका प्रचण्डले चिन्नुभएन : माधव नेपाल

२०७८, ५ पुष सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताउनु भएको छ ।

 

कमलो मनका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्न नसकेको उहाँले गुनासो गर्नु भयो । पुस ५ का सन्दर्भमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले ओलीलाई धुन्धुकारी व्यक्तिको संज्ञा दिनु भयो ।ओलीले प्रचण्डसँग आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका लागि गरेको सहमति पालना नगरेको नेपालले बताउनु भयो ।

ओली र प्रचण्डबारे नेपालको भनाइ यस्तो थियो :

‘पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठ्यो । सरकार र पार्टी आलोपालो चलाउने सहमति पनि भयो । तर कमरेड प्रचण्ड सोझो हुनुभयो । अब मेरो पालो भन्नुपथ्र्यो नि, भन्दै नभन्ने । भर्खरै एकता भएको छ, पार्टी एकता विग्रिन्छ भनेर होला । उहाँको कमलो मनमा त्यही परेछ । केपी ओलीजस्तो ज्याद्रो मानछेलाई उहाँले चिन्नु भएन । मत हत्तुहैरान भएको मान्छे । तर उहाँलाई पनि ओलीले सहन सकेनन् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu