सांसद शाहले ओलीलाई अभिनन्दन गर्ने
कपिलवस्तु-कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गर्नु भएको छ ।आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भन्दै सामाजिक संजाल फेसबुकमा उल्लेख गर्नु भएको छ ।

उहाँले मेरो निर्वाचन क्षेत्र तथा मेरो कर्म भूमि बहादुरगंजमा उहाँको स्वागत तथा अभिनन्दन गर्न चाहन्छु,’ लेख्नु भएको छ ।शाहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गर्नु भएको थियो ।ओलि भोलि कपिलवस्तुको बहादुरगंजमा विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराउने तथा नसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।