Connect with us
Kapilvast Forest

रासायनिक मल पर्याप्त ल्याउन सकिएन :कृषि मन्त्री यादव

२०७८, ७ पुष बुधबारमा प्रकाशित

काठमाडौं-कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्यधिक बढेको भन्दै तत्काल पर्याप्त मल आउने निश्चित नभएको बताउनु भएको छ ।

बुधबार नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्र्दै उहाँले अन्तर्राष्ट्रिय बजारबाट मल खरीद गर्न समस्या भएकाले अब रासायनिक मलको विकल्पमा प्रांगारिक मल प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

 

एक वर्षअघि प्रति मेट्रिक टन तीनदेखि साढे ३ सय डलर पर्ने रासायनिक मल अहिले प्रति मेट्रिक टन ११ सय डलर पुगेको भन्दै मन्त्री यादवले अनुदानक लागि धेरै रकम चाहिने बताउनु भयो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण सम्झौता गरिसकेका ठेकेदारले पनि मल ल्याउने निश्चित नभएको मन्त्री यादवको भनाइ छ ।

‘आजभन्दा १२ महिना पहिले ३–साढे ३ सय डलरमा एक मेट्रिक टन पाइन्थ्यो । केही दिनअघि ठेकेदारहरुले चार सय ६५ मा ल्याए’ उहाँले भन्नु भयो ‘अहिले अचानक ११ सय डलर मेट्रिक टन भइसक्यो । अब ठेकेदारहरुले मल ल्याउने निश्चित छैन । अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव छ ।’

रासायनिक मलको अभाव भए पनि हिउँदे सिजनका लागि डीएपी र युरिया आपूर्ति गरेको उनको भनाइ छ । ‘तर पनि किसानको मागअनुसारको पूर्ति भइरहेको छैन’ उहाँले भन्नु भयो । नेपालमा एक वर्षमा ५ देखि ६ लाख मेट्रिक टन मल आवश्यक पर्ने भन्दै यति धेरै मलमा अनुदान दिन धेरै रकम लाग्ने मन्त्री यादवको भनाइ छ ।

अब अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल खरिद गर्न नसकिने भन्दै मन्त्री यादवले सरकार–सरकार (जीटुजी) मार्फत मत्र खरदि गर्न सकिने बताउनु भयो ।

‘त्यसकारण यसको निदान भनेको अब सरकारले जिटूजी नै गर्नुपर्छ, जसरी तेलको जिटूजी गरिएको छ । सबै देशलाई जिटूजीबाट दिन प्रचार गरिएको छ । कुनै देशले त्यसरी दिने अवस्था छैन’ उहाँले भन्नु भयो , ‘‘मलखादको अर्को विकल्प भनेको अहिले प्रांगरिक मल नै हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj