प्रधानसेनापतिद्वारा उपरथी केसी र शर्मालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं-नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो । उहाँहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा हुनु भएको थियो ।
उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति हुनु भएके छ भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त हुनु भएके छ । साथै सहायक रथी दर्जामा पदोन्नति भएका सातजना मध्ये चारजना महा(सेनानीहरुलाई पनि प्रधान सेनापति शर्माले सोही कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेको सेनाले जनाएको छ ।