Connect with us
Kapilvast Forest

मुस्ताङमा हिमपात, फसेका पाँच जनाको उद्धार

२०७८, १४ पुष बुधबारमा प्रकाशित

बेनी- हिमालपारिको जिल्ला मुस्ताङमा मझ्गलबारदेखि भएको हिमपातले जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङ भ्रमणमा गएका टोली बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको भेनामा हिउँमा फसेपछि इलाका प्रहरी कार्यालय छुसाङले उद्धार गरेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुस्ताङका पाँच वटा गाउँपालिकामध्ये माथिल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा हिजो बेलुकादेखि सञ्चार सम्पर्क टुटेको छ । हिजोदेखि परेको हिउँ तल्लो भेकको घाँसादेखि लोमन्थाङसम्मै परेको प्रजिअ शर्माले बताउनुभयो ।
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको भेना भन्ने ठाउँमा फसेका अन्तरिक पर्यटकलाई प्रहरी उद्धार गरी सुरक्षित स्थानमा राखेको समेत प्रजिअ शर्माले बताउनुभयो । प्रजिअ पौडेलले मुस्ताङ भ्रमणका लागि अन्यत्रबाट यो समयमा नआउँदा सुरक्षित रहने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार उपल्लो मुस्ताङ भ्रमणका लागि गाडी लिएर गएका पर्यटकहरुको हिमपातले गर्दा भेनास्थित गाडी फसे पछि अलपत्र परेको जानकारी पाउँदा साथ प्रहरी टोलीले उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । उपल्लो मुस्ताङ भ्रमणका लागि गएको आन्तरिक पर्यटकहरु भेनामा गाडी फसेर अलपत्र परेको जानकारी पाएपछि छुसाङ प्रहरी चौकीको सहकार्यमा समरस्थित हिमाली होटलमा सुरक्षित तबरले राखेको पौडेलको भनाइ छ ।
मुस्ताङमा मंगलबारदेखि हिमपात हुँदा स्याउ कृषक भने उत्साहित भएका छन् । यो समय स्याउको बोट काटछाँट गर्ने र यही समयमा हिउँ परेमा स्याउको उत्पादन राम्रो हुने भएकाले पनि कृषकहरुमा उत्साह छाएको मार्फाका अगुवा कृषक दीपक लालचनले बताउनुभयो ।
मुक्तिनाथस्थित होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार हिजोदेखि परेको हिउँले गर्दा चिसो बढेको छ भने बाहिर निस्कन समेत कठिन भएको छ । मङ्गलबार दिउँसोदेखि शुरु भएको हिमपात अहिलेसम्म पनि जारी रहेको सुवेदीको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu