Connect with us
Kapilvast Forest

कपिलवस्तुलाई साक्षर जिल्ला बनाउने फेरी अर्को प्रतिबद्धता

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुलाई आउने फागुन भित्र पुर्ण साक्षर जिल्ला घोषणा गर्ने फेरी प्रतिबद्धता जनाइएको छ । ४ बर्ष अघि पनि जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाई पनि अझै सम्म जिल्ला साक्षर घोषणा हुन सकेको छैन ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरको आयोजा तथा शिक्षा बिकास तथा समन्वय ईकाई कपिलवसतुको समन्वय र अनौपचारिक राष्ट्रिय श्रोत केन्द्र नेपाल र रोटरी ईन्टरनेशनल ३२९२ को सहकार्यमा राखिएको साक्षर नेपाल बर्ष कार्यक्रम कार्यान्वय सम्बन्धी स्थानीय तहका पदाधिकारीसंगको अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जनाइएको हो । जिल्लाका १० स्थानीय तह मध्ये अझै ६ वटा साक्षर पालिका घोषणा हुन सकेको छैन ।

बाकी रहेको कपिलवस्तु, महाराजगंज, कृष्णनगर नगरपालिका र यशोधरा, बिजयनग र मायादेबी गाउपालिकाका पदाधिकारी र शिक्षा ईकाईा प्रमुखले आगमी फागुन भित्र आफनो पालिकालाई साक्षर बनाउने घोषणा गरे । साक्षर नेपाल घोषणा अभियान २०७६ अनुसार १५ बर्ष बर्ष देखि ६० बर्ष उमेरका ९५ प्रतिशत साक्षर भए पछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ ।

यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले ८ वडा मध्ये २ वडा घोषणा भई सकेको भन्दै बाकी रहेको ६वटा वार्ड फागुन भित्र घोषणा गर्ने प्रतिबद्धता गरे । बिजयनगर गाउपालिकाका प्रमुख गोपाल थापाले ७ वडा मध्ये २ वर्डा घोषणा भई सकेको भन्दै बाकी ५ वार्डलाई फागनु भित्र घोषणा गर्ने जनाए । महराजगंज नगरपालिकाका ११ मध्ये ९ वटा घोषणा भई सकेको छन । कपिलवस्तु नगरपालिका र मायादेबी गाउपालिकामा चाडै नै साक्षर घोषणा गर्ने तयारी गरिएको छ ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख पालिकाहरु ताते भने जिल्लालाई एक महिना भित्र साक्षर घोषणा गर्न सकिने बताए । पालिकाहरुले भौतिक विकास तर्फ मात्र ध्यान दिएको भन्दै सामाजिक विकास तर्फ लागनी गर्नु पर्ने बताए ।

सो अवसरमा प्रजिअ चक्रपाणी पाण्डेयले हतार नगरी वास्तविकताका आधार जिल्लालाई साक्षर घोषणा गर्नु पर्ने बताए । अनौपचारिक राष्ट्रिय श्रोत केन्द्र नेपालकी गीता घिमिरेले लुम्बिनी प्रदेशको बाके र कपिलवस्तु साक्षर घोषणा हुन बाकी रहेको भन्दै अब घोषणा प्रतिबद्धतामा सिमित हुन नहुने बताईन । रोटरी क्लवका राजेन्द्र प्रसाद ध्वजुले नेपाललाइृ सन २०३० भित्र साक्षर बनाउने अभियानमा रोटरी क्लव पनि लागेको बताए ।

कार्यक्रममा श्रोत केन्द्रका दिल बहादुर श्रेष्ठ, महाराजंज नगरपालिकाका शिक्षा ईकाई प्रमुख रेस्मीराज अर्याल, शिवराज नगरपालिकाका लोकराज पन्थी कपिलवस्तु नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ,रोटरी क्लव कपिलवस्तुका अध्यक्ष माधवभाट क्षेत्री, शिक्षा तथा समन्वय ईकाई प्रमुख थोश्वर घिमिरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले जिल्लालाई चार्ड साक्षर बनाउनु पर्नेमा जोड दिएका थिए । नेपालका १५ देखि ६० बर्ष उमेरका ९२ प्रतिशत र १५ देखि माथीको साक्षर दर ८० रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu