एमाले कपिलवस्तुको अध्यक्षमा अधिकारीको उम्मेद्वारी रहने ,अन्य पदमा पनि धेरै आकांक्षी
कपिलवस्तु-नेकपा एमाले कपिलवस्तुले यहि पौष २३ र २४ गते गर्ना लागेको जिल्ला अधिवेशनमा शिवराज नगरपालिकाका मेयर नेकपा एमालेका पुराना नेता नेत्रराज अधिकारीले नेकपा एमाले कपिलवस्तुको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । यहि पौष महिनामा हुन गई रहेको अधिवेशनमा उम्मेद्वारी दिने आकाक्षी बढदै गई रहेको पार्टीमा आवद्ध कार्यकर्ता माझ चर्चा हुन थालेको छ ।
पार्टीको अन्य महत्पुर्ण पदमा पनि धेरै सदस्यहरुको उम्मेद्वारीको चर्चा चलन थालेको छ जस्तै सचिव पदमा वरिष्ट पत्रकार तथा सचिवालय सदस्य भेषराज पाण्डे सचिवालय सदस्य चन्द्र बहादुर गहतराज(सि.बी)विश्व कार्कीले उम्मेद्वारी दिने मन्साय बनाउनु भएको छ । उपसचिवमा लुम्बिनी प्रदेश सासंद अर्जुन कुमार के।सीको उम्मेद्वारीका रहने उहाँ निकट नेताहरुले बताएका छन् । आफनो उम्मेद्वारीको विषयमा नेताहरुले आफना निकट नेताहरु संग पार्टी भित्र छलफल अगाडी बढाएको श्रोतले बताएका छ ।
नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा आकांक्षी बढ्न थालेका छन् । जिल्ला सम्मेलनको मिति नजिकिदै जादा पार्टीका जिल्ला नेता नेत्रराज अधिकारीडम्मर शर्माको अध्यक्ष पदमा उम्मेद्वारी दिने पक्का पक्की भएको छ । नेत्रराज अधिकारीले जिल्ला अधिवेशनमा अध्यक्ष पदमा लड्ने बताउनु भएको छ ।
अधिकारीले आम पार्टी कार्यकर्ताको चाहना अध्यक्षमा उठ्नु भन्ने रहेको भन्दै आफु यो पालि अध्यक्षमा उठ्ने नेता अधिकारीले प्रष्याउनुभयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका नेता अधिकारी एमाले कपिलवस्तुका वरिष्ठ नेता हुनुहुन्छ । लामो समय जिल्ला सचिवालय सदस्य भएर काम गर्नुभएका उहाँ ०५४ सालमा साविक शिवपुर गाविसको अध्यक्ष हुनुभएको थियो ।
०६४ सालको तत्कालिन क्षेत्र नं। ४ बाट संविधानसभा सदस्यमा उठ्नुभएका उहाँ ०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि एमालेबाट उम्मेद्वार बन्नुभएको थियो । ०७० मा उहाँ झिनो मतान्तरले सभासदमा पराजित हुनु भएके थियो ।
लामो समय देखि एमाले कपिलवस्तुको निर्वाचन हुन् सकेको छैन् । हालका अध्यक्ष झविलाल पोख्रेलले जिल्लाको नेतृत्व सम्हालेको ९ बर्ष पुगेको छ । ०७४ साल अगाडी एमाले कपिलवस्तुको निर्वाचन मिति तोकिएको थियो । यद्यपि स्थानीय तहको चुनावको कारण उक्त मितिमा एमालेले जिल्ला सम्मेलन गर्न सकेन् । केन्द्र र प्रदेशको निर्वाचन ताका बामपन्थी गठबन्धन हुनु र यो गठबन्धन पार्टी एकता गर्नेसम्मको यात्रामा हुँदा एमाले कपिलवस्तुको सम्मेलन हुन नसकेको हो ।
उति बेला पनि नेता अधिकारीले अध्यक्षमा उम्मेद्वारी दिदैं चुनावी प्रचार थाल्नुभएको थियो । पछि शिवराजको मेयरमा विजयी भएपछि उहाँ पार्टी काम संगै जनताको काममा खटिदै आउनुभएको छ ।