Connect with us
Kapilvast Forest

जन्मदिनको अवसरमा दन्त शिविर

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको एक सन्चारकर्मी आफ्नो जन्मदिनको अवसरमा दन्त शिविरको आयोजना गरि मनाएकी छन । कपिलवस्तुको  रेडियो हर्ट्विटमा कार्यरत सन्चारकर्मी अनिता क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा दन्त शिविर आयोजना गर्नु भएको हो ।  जन्मथलो अर्घाखाँचीको सिमलपानीमा दन्त शिविर आयोजना गरिएको सन्चारकर्मी क्षेत्रीले बताउनु भयो  ।
सन्चारकर्मी क्षेत्रीले भन्नु भयो पछिल्लो समय जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो ।
जन्मोत्सवको अवसरमा दन्त शिविरमा सिमलपानीका नागरिकहरुले सेवा लिएका थिए ।

दन्त शिविरमा बिडिएस डाक्टर संस्कृति प्रधानले दन्त शिविरमा सेवा दिनुभएको थियो । बुधबार १ दिने निःशुल्क दन्त शिविर कार्यक्रममा वडा अध्यक्ष दुर्गा बहादुर बिसि, सिमलपानी स्वास्यथ् चौकीका प्रमुख रामु खनाल, युनिक डेण्टलको समुहको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj