Connect with us
Kapilvast Forest

उपत्यकामा दुई जना मृत भेटिए

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

death

 

काठमाडौं- उपत्यकाको छुट्टाछुट्टै स्थानमा आज दुई व्यक्ति मृत फेला परेका छन्। एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका-२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएको जनाइएको छ। मृत्यु हुनेमा काठमाडौँको जडीबुटी बस्ने मकवानपुर हेटौँडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन्।

उता ललितपुर महानगरपालिका-१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष आज मृत भेटिएका छन्। अन्दाजी ५०-५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj