नवलपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
नवलपरासी-नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका १२ मा आज शुक्रवार बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट मध्यविन्दु १२ अरुणखोलाकाी ३९ वर्षीया बरिसा सारुको ज्यान गएको हो ।
आज बिहान नजिकैको वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सागर पन्तले बताउनुभयो । सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल अरुणखोला–दुम्कीवास सडक खण्डभन्दा झन्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।नवलपुरमा यसअघि एक महिना अगाडि मङ्सिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका १ को सामुदायिक वनका वन रक्षकको ज्यान गएको थियो ।
यस वन आसपासमा बाघको आतङ्क भएको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो ।यस क्षेत्रमा देखिएको बाघ नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।