Connect with us
Kapilvast Forest

अपाङ्गता सहायक सामग्री सम्बन्धी प्रशिक्षण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम सम्पन्न

२०७८, १७ पुष शनिबारमा प्रकाशित

अंशु ढकाल ,कपिलवस्तु- अपाङ्गता भएका व्यक्तिहरुलाई दया माया होइन अधिकार सहितको अवसरको खाँचो छ भन्ने मुल नाराका साथ अपाङगता सहायक सामग्री सम्बन्धी प्रशिक्षण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम आज सम्पन्न भएको छ।

लुम्बिनी अपाङगता विकास केन्द्रको आयोजना र मायादेवी गाउँपालिका वडा नं. ४ को सहयोगमा उक्त कार्यक्रम वडा कार्यलयको सभाहल पिपरामा सम्पन भएको हो। उक्त कार्यक्रमका प्रमुख अतिथि मायादेवी गाउँपालिका वडा नं. ४ का वडासदस्य ईन्द्रमति लोधले अपाङ्गता भएको नागरिकको हकहितको लागी यो टिमले निरन्तर काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

कार्यक्रममा अपाङगता भएका व्यक्तिलाइ हिड्डुलमा सहजता ल्याउन ३ जनालाई स्केच छडि र २ जनालाई सेतो छडि प्रदान गरिएको लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले जानकारी दिनु भएको छ। छडि पाए पछि सहभागिले अव हिडडुल गर्न सहज भएको बताएका थिए। यो कार्यक्रमलाई निरन्तरता दिएर छुटेका सबैलाई समेट्न पनि आग्रह गरेका थिए। कार्यक्रममा लुम्बिनी अपाङगता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसीयको अध्यक्षता, वडा नं ४ का वडासदस्य ईन्द्रमति लोधको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा केन्द्रका सचिव शिवानन्द बर्माको स्वागत र उपाध्यक्ष सुचिता श्रीवास्तवको संचालनमा सम्पन्न भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj