Connect with us
Kapilvast Forest

माओवादीमा श्रीमान् श्रीमती नै खस आर्यतर्फ समानुपातिक सूचीमा

२०७८, १८ पुष आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रले खस आर्यतर्फको समानुपातिक सूचीमा श्रीमान श्रीमतीलाई नै निर्वाचित गरेको छ ।प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खसआर्य तर्फको पुरुषकेन्द्रीय सदस्यमा देवेन्द्र पराजुली र महिला सदस्यमा कल्पना धमलाको नाम घोषणा गरेका हुन् ।

 

धमला र पराजुली श्रीमान् श्रीमती हुन् । पार्टीकोविभिन्न कमिटीमा रहेर मन्त्रीसमेत भइसकेकी धमला र यसअघि नै महत्वपूर्ण जिम्मेवारीमारहिसकेका पराजुली खुल्लाबाटै पनि प्रतिस्पर्धा गर्न सक्ने खुबी राख्ने नेता हुन् ।

उनीहरु बाबुराम भट्टराई नयाँ शक्ति पार्टी बनाउँदा उनीसँगै त्यतै गएका थिए । उनीहरु ०७६माघ १५ देखि १९ गते भएको नेकपा केन्द्रीय कमिटी बैठकका बेला पार्टी प्रवेश गरेका थिए ।

पराजुली र धमलालाई केन्द्रीय समितिमा राख्न तत्कालिन नेकपाले त्यसबेला पार्टीको विधाननै संशोधन गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu