Connect with us
Kapilvast Forest

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह

२०७८, २० पुष मंगलवारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी नेपालले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका कार्यकारिणी सदस्य प्रमोद साहलाई नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले उनको नियुक्ति बारेमा संघीय संसद सचिवालयलाई जानकारी गराएका छन् ।

 

‘जसपा संसदीय दलको विधान, २०७८ को धारण १३ (१) अनुसार सर्लाही जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुने साहलाई यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ’, नियुक्ति पत्रमा भनिएको छ ।

सर्लाहीका सांसद समेत रहेका साह पूर्व राजपा पक्षका हुन् । उनले पार्टी विभाजन हुँदा महन्थ ठाकुरलाई छाडेर जसपाका अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका थिए । मन्त्रिपरिषद् विस्तार हुँदा उनको नाम अन्तिममा हटाएर महिन्द्रराय यादव मन्त्री बनेका थिए ।महिन्द्र राय यादव हाल कृषि मन्त्री छन् । यादव पनि सर्लाहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu