Connect with us
Kapilvast Forest

खरिद गरेको १५ महिनापछि रेल सञ्चालनको तयारीमा

२०७८, २१ पुष बुधबारमा प्रकाशित

 

काठमाडौं- सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो ।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपाल ओढाएर राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव ई. रविन्द्रनाथ श्रेष्ठले पनि रेल सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताउनुभयो । उहाँले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परीक्षण भइरहेको पनि बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षभित्रै कर्णाली, कालिगण्डकी, कोसी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक वर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरि रहेका बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu