प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ
काठमाडौं- प्रहरीले घुस दिन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।मंगलबार दिउँसो चन्द्रागिरि नगरपालिका-७ चेकपोस्ट नजिक चेकजाँचका क्रमङमा ५ सय रुपैयाँ घुस दिन खोज्ने दुई जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।
पक्रुाउ पर्नेमा ईच्छाकामाना गाउँपालिका चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरि नगरपालकिा-९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् ।
उनीहरुले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र चेकजाँच गर्दा पाँच सय रूपैयाँ घुस दिन खोजेको प्रहरीको भनाई छ ।पक्राउ परेका उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।