Connect with us
Kapilvast Forest

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्ध

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौं-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले फेरि प्रतिबन्ध लगाएको छ । जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो ।

 

निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको रातोपाटीलाई जानकारी दिए । अर्यालले भन्नु भयो , ‘हामीले हङकङ उडानमा तारन्तार समस्या भोगिरहेका छौं । निर्धारित उडानसमेत गर्दा यो पटक प्रतिबन्धको असर २१ दिनसम्म पर्ने भएको छ ।’

हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन । तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँचमा एकैपटक संक्रमण देखिएपछि पुनः दुई साता लामो प्रतिबन्ध लागेको हो । जनवरी १९ सम्म निगमको जहाजले हङकङ उडान गर्न पाउने छैन भने निर्धारित उडानका कारण त्यसपछि पनि एक सातासम्म उडान नहुने निगम सहप्रवक्ता अर्यालले बताउनु भयो ।

 


 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu