Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निशुल्क दाउरा वितरण

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी,कपिलवस्तु –कपिलवस्तुमा शीतलहर शुरु भएसँगै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि निशुल्क दाउरा वितरण गरीएको छ । जिल्लाको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेको समितिका अध्यक्ष गंगेश नाथ तिवारीले बताउनुभयो । जिल्लाका विभिन्न पालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय लगायतका करिब तिन दर्जन स्थानमा दाउरा वितरण गरिएको छ । प्रत्येक स्थानमा २ क्विन्टल भन्दा बढी दाउरा वितरण गर्न कार्य भइरहेको अध्यक्ष तिवारीले बताउनु भयो ।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले कपिलवस्तुको महाराजगंज बजार, गैडहवा चोक, चन्द्रौटाको समिति चोक, खरेन्द्रपुर, थुन्ह्यिा, मानपुर, चनई बडेगाव सहितका स्थानमा दाउरा वितरण गरीएको छ ।

वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना बालबालिका लागि आगो ताप्न दाउरा वितरण गरेको छ । बुधबार र बिहीबार विभिन्न चौकमा दाउरा बालेर ताप्नका लागि निशुल्क वितरण गरिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सहायक वन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।

यस्तै गरिब बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । चिसोबाट बच्न ज्येष्ठ नागरिकका लागि आगो ताप्ने व्यवस्था गर्न आवश्यक स्थानमा दाउरा वितरण कार्य जारी रहेको साझेदारीले जनाएको छ ।

घरमा आर्थिक कमजोर गरिब समुदायका परिवारहरु आगो बालेर शरिर तताउने गरेको स्थानियले बदरु रैदासले बताउनु भयो । निरन्तर शीतलहरका कारण चिसो बढेपछि कपिलवस्तुका धेरै विद्यालयका विद्यार्थी समेत विद्यालय उपस्थित हुन छाडेका छन । कतिपय स्थानिय तहका विद्यालयमा जाडो विदा दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu