Connect with us
Kapilvast Forest

एकै दिन ९६८ जनामा कोरोना संक्रमण

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं- पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu