Connect with us
Kapilvast Forest

राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकारे : माधव नेपाल

२०७८, २३ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको टिप्पणी गरेका छन् ।

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले ओली घमण्डी भए पनि राष्ट्रियसभा निर्वाचमा हार स्वीकार गरेको टिप्पणी गरेका हुन् ।

शुक्रबार भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताएका थिए ।

ओलीको सोही भनाइलाई उधृत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । …तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।’

ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए ।

‘७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभररि एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन । जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो’ उनले भने, ‘तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu