Connect with us
Kapilvast Forest

ए’ डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्याइज खेल्दै

२०७८, २६ पुष सोमबारमा प्रकाशित

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौँ चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । सात खेलमा एकमा जित र तीन खेलमा बराबरी खेलेको नेपाल पुलिस क्लब ६ अङ्कसहित ११औँ स्थानमा छ ।

यस्तै सात खेलमै एक जित र दुई खेलमा बराबरी खेलेको ब्रिगेड पाँच अङ्कसहित १२औँ स्थानमा छ ।

यसअघि हिजो दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियाे । थ्री स्टारका लागि घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे भने एक गोल भने आत्मघाती उपहार पाएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu