Connect with us
Kapilvast Forest

शिवराजमा मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सम्पन्न

२०७८, २६ पुष सोमबारमा प्रकाशित


नवराज पौडेल ,कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिका ०३ मदवामा दलित महिलाहरुका लागी क्षमता विकास अन्र्तगत मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सम्पन्न भएको छ ।

दलित मानव अधिकार निगरानी समिती कपिलवस्तुको आयोजना तथा शिवराज नगरपालिका वडा ३ खरेन्द्रपुरको आर्थिक सहयोगमा संचालित १० दिने तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका का उप प्रमुख शिव कुमारी थारुले आफुले सिकेका कुरालाई व्यावहार उतारी व्यावसायिक बन्न पर्ने बताउनु भयो ।

नगर तथा वडा बाट महिलाहरुको आत्मनिर्भताका लागी विभिन्न सिपमुलक तालिम सिलाई कटाई गुडिया बनाउने, चुरा बनाउने र व्युटी पार्लर सम्बन्धी तालिम संचालन गरेको बताउदै पालिकाले सबै समुदायलाई समेट्ने गरि तालिमको आयोजना गरेको बताउनु भयो ।

यसै विच कार्यक्रमलाई सम्बोधन गर्दै वडा नंम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले तालिम लिएका महिला दिदि बहिनीहरुलाई व्यासायिक बन्न आग्रह गर्दै स्थानिय स्तरमा उत्पादित साम्रागीको बजार व्यावस्थापनका लागी आफुले पहल गर्ने बताउनु भयो ।

हालको १० दिने तालिमले मात्रै नपुग्ने भन्दै थप यस्ता खालका तालिमका लागी आउदो हिउदे अधिवेशनबाट वडामा बजेट माग गरि पुन तालिम संचालनका लागी पहल गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

आधारभुत तालिमले मात्र प्रशिक्षार्थीहरुले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएकोले उच्च स्तरको तालिमको आवस्यकता रहेको दलित मानव अधिकार निगरानी समितीका अध्यक्ष मिना परियारले बताउनु भयो । तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । १० दिन सम्म संचालन भएको तालिम को प्रशिक्षक सम्झना परियार रहनु भएको थियो भने कार्यक्रम संस्थाकी सचिव कल्याणी खनेलको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu