Connect with us
Kapilvast Forest

आजदेखि बाँकेमा नरभक्षी बाघको खोजी सुरू

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

बाँके-चितवनबाट प्राबिधिक टोली आइपगेपछि मंगलबारबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू भएको छ।प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ।

राप्ती गाउँपालिका वडा नं। ४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नं। ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा सुरूमा बाघको खोजी तथा पहिचान गर्ने काम सुरू गर्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले जानकारी दिनु भयो ।खड्काका अनुसार त्यसबाहेक आसपासका सबै क्षेत्रमा बाघको खोजी हुनेछ।

बाघ पहिचानका लागि क्यामेराको प्रयोगदेखि, चारो राख्ने जस्ता काम हुनेछ। त्यसरी बाघको पहिचान भएपछि मात्रै सुटरले बाघलाई डार्ट गर्नेछन्।

‘क्यामेराबाट मात्रै पहिचान गर्न गाह्रो भए राँगो वा पाडो जंगलमा राखिने छ,’ खड्काले भन्नसु भयो, ‘अनि बाघ आएपछि रूखमा लुकेर बस्ने सार्प सुटरले डार्ट गर्नेछन्।’

दुई हात्तीसहित नेपाली सेनाको टोली, डिभिजन वन कार्यालयको टोली, भेटनरी डाक्टरको टोली र सार्प सुटरको टोली जंगलमा खटिएको सूचना अधिकारी खड्काले जानकारी दिनु भयो । ‘बाघको पहिचान पछि सुट गरिने छ,’ उहाँले भन्नसु भयो , ‘कति डोजको सुट हान्ने र त्यसले कतिबेरसम्म बाघलाई बेहोस पार्छ भन्ने भेटनरी डाक्टर पनि सँगै हुनेछन्।’

चितवनबाट मुख्य गरि भेटनरी डाक्टर र सुटरसहित चार जनाको एक्सपर्ट टोली सोमबार बेलुका बाँके आइपुगेको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीलाई बोलाइए पनि त्यहाँबाट टोली आउन ढिलाई भएकाले चितवनबाट बाघ पहिचान र नियन्त्रणको लागि टोली बोलाएको उनले बताए। सर्वसाधारण आतंकित भए पछि छिटो गरि प्राबिधिक टोली बोलाउन परेको खड्काले जानकारी दिनु भयो ।

‘हामी त सकभर भूगोल पनि थाहाँ पाउने, यसै क्षेत्रमा काम गरेका प्राविधिक टोली बर्दियाबाट बोलाउन चाहेका थियौं,’ खड्काले भने, ‘तर, बर्दिया निकुञ्ज क्षेत्रमा पनि यतिखेर पाटे बाघ ग्रामिण क्षेत्रमा प्रवेश गरेको सूचना पछि उहाँहरु उतै अलमलिने देखिएपछि चितवनबाट बोलाउनुपरेको हो।’

पुस २२ र २४ गते दुई दिनको अन्तरमा बाघले त्यसक्षेत्रमा घाँस, दाउराका लागि गएका दुई महिलाको ज्यान लिएको थियो ।भदौ यता मात्रै राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बाघको आक्रमणबाट चार जनाको ज्यान गएको छ। अन्य केहीलाई बाघले आक्रमण गरि घाइते बनाएको थियो।

गत भदौमा एक भारतीय नागरिकको बाघले ज्यान लिएपछि नियन्त्रणको प्रयास भएको थियो। त्यतिखेर क्यामेरामा चार वटा पाटेबाघ सँगै कैद भएका थिए।त्यतिखेर पनि पाडो जंगलमा राखेर गरिएको बाघ नियन्त्रणको प्रयास विफल भएको थियो।

पूर्व(पश्चिम राजमार्गको बर्दिया निकुञ्ज भित्र बेलुकीदेखि बिहान उज्यालो नहुँदासम्म साइकल, मोटरसाइकलजस्ता साना सवारी साधनमा एक्लै यात्रा गर्न निकुञ्ज तथा प्रहरी प्रशासनले रोक लगाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu