Connect with us
Kapilvast Forest

सकसमा सभामुख सापकोटा: सापकोटालाई सभामुख मानेर जान नसक्ने अध्यक्ष ओलीको घोषणा

२०७८, १ माघ शनिबारमा प्रकाशित

 

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिन करिब वर्षदिन बाँकी छ। उनी सभामुखमा भएदेखिनै सदनको कामकारबाही अघि बढाउन चुनौतिपूर्ण रहँदै आएको छ।

पछिल्लो पटक संसद्मा सभामुखकै विरुद्धमा महिनौँ दिनसम्म नारावाजी हुनुले सदनमा सभामुखले धेरै अपमानको सामना गरिरहनु परेको छ। अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सदनबाट पारित गर्ने सरकारको तयारीबाट पनि सभामुखलाई निकै तनाब भइरहेको स्रोत बताउँछ।

सभामुखमा निर्वाचित भएदेखि उनले धेरै झमेलाको सामना गर्नुपरेको छ। कोभिड–१९ को कारण लकडाउन हुँदा संसद्मा बैठक सञ्चालनमा परेको असरदेखि ओली सरकारले गरेको संसद् विघटनविरुद्धमा उभिनुपर्ने अवस्था र संसदीय सुनुवाई बिनै ओली सरकारले गरेको विभिन्न ३८ जना संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धमा आफैं अदालतमा मुद्दा दायर गर्नुपर्ने अवस्था आयो।

यसपटक एमालेले सभामुख सापकोटालाई सत्तागठबन्धनको ‘मतियार’ समेत भनेको छ। ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्?, सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो, तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्नेस्थिति रहेन,’ भन्ने एमाले अध्यक्ष ओलीको भनाइअनुसार एमाले संसद् अवरुद्ध गर्दै आएको छ।

ओली प्रधानमन्त्री हुँदा पनि सभामुखकोविरुद्धमा बोल्ने गर्दथे। उनले सभामुखकै कारण एमसिसी सदनमा प्रवेश नगरेको समेत बताएका थिए। एमालेले संसद् अवरुद्ध गरेका कारण मंसिर २८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन राम्रोसँग चल्न सकेको छैन। सदन बोलाएको महिना दिनसम्ममा तीन वटा बैठक मात्र बसेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu