Connect with us
Kapilvast Forest

खेलकुदमन्त्री अथकद्वारा बक्सिङ टिमलाई बिदाइ

२०७८, ४ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौं-युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाइ गरेका छन् । जनवरी २० देखि ३० सम्म उजेकिस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको एसबीएस यू२२ ब्वाइज तथा महिला यू२२ बक्सिङ च्यापियन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुदमन्त्री अथकले बिदाइ गरेका हुन् ।

प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी सुष्मा तामाङलाई बिदाइ गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बक्सिङको विश्व वरियतामा जुनियरतर्फ छैटौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठूलो आशा गरेको बताउँदै मन्त्रीअथकले भने, “पदकलिएर फर्कनुहोस्, अग्रिम शुभकामना ।”

बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारिक भ्रमण गरीसकेकातर्फ इंगित गर्दै मन्त्री अथकले भने, “बक्सिङको अन्तर्राष्ट्रिय अध्यक्ष नेपाल आउनुले पनि नेपाली बक्सिङको अवस्था विश्वमा राम्रो रहेको प्रमाणित गरेको छ ।” मन्त्री अथकले नेपालको सोही स्तरलाई कायम राख्दै च्याम्पियन भएर फर्कन आग्रह गरे ।

पूर्वाधारको अभाव तथा कमजोर ब्यवस्थापनका कारण नेपाली खेल क्षेत्रको विकासमा केही समस्या देखिए पनि नेपाली खेलाडीहरूले भने सधैं उच्च मनोबलका साथ अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको उल्लेख गर्दै मन्त्री अथकले खुसी व्यक्त गरे । उनले खेलक्षेत्रको विकासका लागि व्यवस्थापन पक्षको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको समेत प्रष्ट पारे ।

एसियाका ३० देश सहभागी हुने अन्डर २२ बक्सिङ प्रतियोगिताका लागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षकन बिन तण्डुकारको टिम उजेकिस्तान जान लागेको हो । तामाङले ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिए । नेपाली टिम टर्किस एयरबाट मंगलबार राती ११ बजे उजेकिस्तान जाने कार्यक्रम छ ।बिदाइ कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्षलगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu