Connect with us

मास्कमा कालोबजारी गर्ने २ जना पक्राउ

२०७८, ५ माघ बुधबारमा प्रकाशित

हेटौंडा – सर्जिकल मास्क महँगोमा बेच्ने फार्मेसीका सञ्चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।सर्जिकल मास्कको मूल्य बढाई कालोबजारी गरेको भन्दै मकवानपुर प्रहरीले फार्मेसी सञ्चालक चिकित्सकलाई पक्राउ गरेको हो।

हेटौंडा–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक डा। साजित अन्सारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डेलाई पक्राउ गरेको हो ।सर्जिकल मास्क १० रुपैयाँमा बेचेर कालोबजारी गरेको भन्दै उपभोक्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दिएको उजुरीका आधारमा प्रशासनले निर्देशन दिएपछि प्रहरीले फार्मेसी सञ्चालक डा। अन्सारी र पाण्डेलाई पक्राउ गरेको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सामान्यतया ५ रुपैयाँमा पाइने सर्जिकल मास्क १० रुपैयाँमा बेचेको भन्ने उपभोक्ताको गुनासोका आधारमा डा। अन्सारी र पाण्डेलाई पक्राउ गरिएको बताउनु भयो ।

प्रशासनको निर्देशनपछि डा। अन्सारी र पाण्डेलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालले जानकारी दिनु भयो ।उनका अनुसार दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu