मधेस आन्दोलनका सहिद परिवारलाई ३ लाखसहित सम्मान
राजविराज – मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले ३र३ लाख रुपैयाँ राहत प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा राज्यबाट मारिएका सहिदहरूको सम्झनामा मधेस सरकारद्वारा बुधबार राजविराजमा आयोजित चौथौ ुबलिदानी दिवसुका अवसरमा सहिद परिवार र घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो ।
मधेस सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालय अन्तर्गत मधेसी सहिद प्रतिष्ठानद्वारा राजविराजमा आयोजित बलिदानी दिवस कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यहरूलाई ३र३ लाख रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गर्नु भएको छ ।
यस अवसरमा मधेस आन्दोलनका ५९ जना सहिदका परिवारलाई ३र३ लाख रुपैयाँका दरले प्रदान गरिएको मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनु भयो । यस्तै कार्यक्रममा मधेस आन्दोलनका जीउँदो सहिद मानिने पर्साका मन्सी पटेलसहित घाइते र अंगभंग भएकाहरूलाई पनि नगदसहित सम्मान गरियो । घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको अर्थमन्त्री साहले जानकारी दिनु भयो ।कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको बताउनु भयो ।