Connect with us
Kapilvast Forest

महिला हक्की प्रतियोगितामा मधेस प्रदेश विजयी

२०७८, ५ माघ बुधबारमा प्रकाशित

 

पर्सा – वीरगन्जमा जारी चौथों सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा मधेस प्रदेश टिम विजयी भएको छ । उसले प्रदेश नम्बर १ लाई ० को विरुद्ध २ गोलले पराजित गरेको हो ।

 

राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत बुधबार मधेस प्रदेश र प्रदेश १ बीचको खेलमा गोल गरेपछि रमाउँदै मधेस प्रदेशका खेलाडी ।
मधेस प्रदेशको पकडमा रहेको खेलको २८ औं मिनेटमा जर्सी नम्बर ११ की आकृति राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाउनु भएको हो । त्यसको २ मिनेटलगत्तै मधेस प्रदेश टिमकी जर्सी नम्बर ८ की गिता कुमारीले पेनाल्टी कर्नरबाट अर्को गोल थपेर जित सुनिश्चित गर्नु भएको थियो । गिता ‘उमन अफ द म्याच’ समेत घोषित बन्नु भएको हो ।बुधबार नै खेलिएको गण्डकी र सुदूर पश्चिम प्रदेशबीचको दोस्रो खेल भने गोलरहित बराबरीमा टुंगियो । खेल अवधिभर दुबै टिमका खेलाडीले कुनै गोल गर्न सकेनन् ।

नेपाल हक्की संघको आयोजना तथा सानो पाइला संस्थाको सहआयोजनामा वीरगन्जको आदर्शनगर रंगशालामा प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । प्रतियोगितामा सात वटै प्रदेश र नेपाली सेनाको विभागीय टिम गरी ८ टिम सहभागी छन् ।

बिहीबारसम्म लिगचरणका खेल र शुक्रबारदेखि नकआउट चरणका खेल सुरु हुने सहआयोजक संस्था सानो पाइलाका कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu