Connect with us
Kapilvast Forest

कोरोना सङ्क्रमण दर बढेपछि आन्तरिक हवाई उडानमा कडाइ

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।

जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, हरेक उडानपछि हवाईजहाज र ब्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने ठाउँ तथा प्रतीक्षालयमा भिडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरिएको छ ।

सङ्घको हिजाे बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि यस्ताे निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu