पत्रकार एलबि विश्वकर्माको निधन
काठमाडौं –युवा पत्रकार एलबि विश्वकर्माको निधन भएको छ । अछामको रामारोशनका स्थानीय विश्वकर्माको विहीवार विहान निधन भएको हो । केही दिनदेखि अस्वस्थ्य विश्वकर्मलाई बुधवार राति श्वासश्वासमा समस्या देखिएपछि ललितपुरको पाटन अस्पताल लगिएको थियो । उपचारका क्रममा विहीवार विहान ३ बजे उनको निधन भएको टिभी टुडेका प्रधानसम्पादक अरुणदेव जोशीले जानकारी दिनुभयो । पछिल्लो समय पत्रकार विश्वकर्मा टिभी टुडेमा कार्यरत थिए । पत्रकार विश्वकर्माको हृदयघातबाट निधन भएको बताइएको छ ।
पूर्व जनताकर्मी समेत रहेका पत्रकार विश्वकर्माले छोटो समयमै इमेज च्यानलसहितका सञ्चारगृहहरुमा आवद्द रहेर पत्रकारिता गरिसकेका थिए । उनको श्रीमती र एक छोरा रहेका छन् ।