बुद्ध एयरको विमानमा बेहोस भएकी जानुका डिस्चार्ज
नेपालगन्ज- बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलको आकाशमा ३५ मिनेट होल्ड हुँदा बेहोस भएकी महिला डिस्चार्ज हुनु भएको छ । भारतको दिल्लीबाट काठमाडौं आएकी ४७ वर्षीया जानुका थापा सो विमानबाट आफन्तलाई भेट्न सुर्खेत जाँदै हुनुन्थ्यो ।
विमान होल्ड भएपछि आत्तिएर थापा बेहोस हुनु भएको थियो । जहाज अवतरण हुने वित्तिकै उनलाई एम्बुलेन्सबाट राँझास्थित सैनिक अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । बुद्ध एयरको नेपालगन्ज व्यवस्थापक विनित शाहले अस्पताल लगेको एक घण्टाभित्रै होस आएपछि आफन्तको जिम्मा लगाएको अन्नपूर्णलाई जानकारी दिनु भयो । उहाँले भन्नु भयो जहाज अवतरण हुनेवित्तिकै अस्पताल लगिएको थियो। होस आएपछि आफन्तको जिम्मा लगाइएको हो।
व्यवस्थापक शाहका अनुसार बिहीबार बिहान ७: ४४ बजे काठमाडौंबाट आएको जहाज ८स् ४४ मा नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने बेलामा वर्षा भएपछि ९ :१९ बजे ल्याण्ड गरिएको थियो। उहाँसँगै विमानमा ६९ जना यात्रु सवार थिए। अन्य यात्रुको अवस्था सामान्य रहेको शाहले बताउनु भयो ।