Connect with us
Kapilvast Forest

कृष्णनगरको ७ औ नगर सभा सम्पन्न

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । नगर सभाको उद्घाटन गर्दै नगर प्रमुख शाहनगर प्रमुख रजत प्रताप शाहले आर्थिक वर्ष बर्ष ०७८र८९ मा नगर भित्र भएका कार्यक्रमको समिक्षा गर्नु भएको थियो ।

नगर सभालाई सम्वोधन गर्दै नगर प्रमुख शाहले कृष्ण नगरपालिकालाई समृद्ध नगर बनाउन प्रयत्न गरीसहने बताउनु भयो ।उहाँले कार्यक्रममा नगरका उत्कृष्ट गुरु योजनाको बारेमा जमनकारी दिनु भएको थियो ।

नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख शाहले बालविकास सहजकर्ता तथा विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुको तलब संघिय सरकारले तोकेबमोजिम नगरपालिका ले दिने बताउनु भएको थियो साथै नगर भित्र विकासका हरेक सम्भाव्यताको पहिचान गरि नगर विकास गरिने बताउदै कृष्णनगर मा व्यवस्थित वसपार्कका लागि आजै कार्यपालिका को बैठक बाट कार्यविधि बनाई अगाडि बढ्ने बताउनुभयो ।नगर सभामा मध्यावधिको बजेट समिक्षा लेखा शाखाकी सन्जु अचार्यले प्रस्तुत गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj