Connect with us
Kapilvast Forest

पूर्वमन्त्री साहद्वारा नागरिकताको समस्या समाधान गर्न माग

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमालेका नेता प्रभु साहले देशमा देखिएको नागरिकता चाँडै समाधान गर्नुपर्ने विचार ब्यक्त गर्नु भएको छ । सरिता साहद्वारा लिखित तथा निर्देशित ‘ढकियामे नागरिकता’ नाटक हेरेपछि प्रतिक्रिया दिँदै उनले नागरिकताका कारण देशमा देखिएको आमसमस्यालाई नाटकले सवल ढंगले उजागार गरेको बताउनु भयो ।

 

नेपालमा नागरिकताको समस्या धेरै पुरानो भए पनि राज्यले यसलाई समाधान नगरी जनतालाई पीडा दिइरहेको उहाँको भनाइ थियो ।नाटकको माध्यमले पनि सरकारलाई एउटा दवाव दिइएको छ, नागरिकता नहुँदा जनताले कस्तो कस्तो समस्या भोगिरहेका छन्, कस्ता कस्ता पीडा भोग्न बाध्य छन् । ती सबै कुराको उजागर गरिएकाले कलामार्फत् समस्या उजागार गर्ने ‘ढकियामे नागरिकता’ नाटकका सम्पूर्ण टीमलाई उहाँले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

नागरिकता विधेयक पाँच वर्षदेखि संसदमा अल्झिरहेको छ तर सरकारले पास गर्न नचाहेको बताउँदै उहाँले नागरिकता विधेयक पास नहोस् भनी षड्यन्त्र गर्ने दलहरु अहिले सरकारमा भएको आरोप साहले लगाउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj