Connect with us
Kapilvast Forest

जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना, अत्यावश्यकबाहेक सेवा बन्द

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनु भयो ।

उनका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ ।प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी दिएको छ ।

सूचनाअधिकारी जोशीकाअनुसार अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाले परीक्षण गराउने तयारी भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu