Connect with us
Kapilvast Forest

कपिलवस्तुको बाणगंगा नगरपालिकाको दशौं नगरसभा सम्पन्न

२०७८, १० माघ सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै भवनमा माघ ३ गतेदेखि सुरु भएको नगरसभा आज आईतबार सम्पन्न भएको हो ।

“संमृद्ध बाणगंगाको मूल आधार : आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार” भन्ने मूल नारासहित भएको नगर सभाले विभिन्न प्रस्ताव पारित गरेको छ । नगर सभाले वन सम्बन्धि विध्येक र खानेपानी तथा सरसफाई सम्बन्धि विध्येक पारित गरेको हो । यस्तै नगरसभाले नगर र वडास्तरिय योजना संशोधन गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

वडा नं.२ का वडाध्यक्ष समेत रहेका प्रवक्ता पौडेलले नगरसभामा चार वटा सार्वजनिक महत्वका प्रस्ताव पारित भएको बताउनुभयो । प्रवक्ता पौडेलका अनुसार नगरवासीलाई कोभिडबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्ने, वडा नं.९ मा निर्माण गर्न लागिएको ल्याण्ड साईटमा सबैको सहयोग तथा सहभागिताका लागी विभिन्न संघसंस्था, राजनितिक दल, प्रतिनिधिलाई अनुरोध गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ ।

उनीहरुले त्यसका लागी साझेदारी एवम् समन्वय गर्न सक्ने प्रवक्ता पौडेलको भनाई छ । यस्तै अब जनप्रतिनिधिको कार्यकाल ५ बर्ष पुग्न लागेको हुदाँ यस अवधिमा नगरको विकास निर्माणका क्रममा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गर्ने प्रस्ताव पनि नगरसभाले पारित गरेको छ । नगरसभामा मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले आआफ्नो धारणा राख्दै नगरको थप विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने रणनिति प्रस्तुत गरेका छन् । यस्तै सोअवसरमा वडा अध्यक्षसहित विभिन्न कार्यपालिका सदस्य तथा नगर सदस्यहरुले सुझाव दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu