Connect with us
Kapilvast Forest

किसानलाई मासिक दुई हजारका दरले पेन्सन

२०७८, १० माघ सोमबारमा प्रकाशित

pensan

दाङ-बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ।गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ।

यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनु भयो ।

उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्।

वडा नम्बर ५ मा १९ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्ने हस्मत अली साई, सोही वडामा १४ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनवीर थारु, १० कठ्ठमा तरकारी खेती गर्दै आएका वडा नम्बर २ का रामसुरत मौर्य र आरतीदेवी मौर्य, ५ कठ्ठामा तरकारी खेती गर्दे आएकी वडा नम्बर १ की कमला तिवारीले किसान पेन्सन पाएका छन्।

 

गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले उत्कृष्ट किसान छानेर पेन्सन दिन थालेको बताउनु भयो ।साथै २७ भैसी पाल्दै आएका वडा नम्बर ५ का हरिशंकर मुराउ, ६९ गाई र ५० बाख्रा पालेका वडा नम्बर ४ का छोटेलाल राढले, दुई गाई, २१ भैसी पालेका वडा नम्बर ५ का रामसुमत यादव, दुई हजार कुखुरा पाल्दै आएका वडा नम्बर ६ का अमरलाल मौर्य, पाँच गाई र ४९ भैंसी पाल्दै आएका वडा नम्बर ५ का वलियासार यादव, वडा नम्बर २ का जहाँ इफरान अहमदले पनि पेन्सन पाएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ।
उत्कृष्ट भई पेन्सन पाएपछि किसानहरू खुसी छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu