Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सबैभन्दा धेरै जनसङ्ख्या वाणगंगा र कम विजयनगरमा

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

अर्जुन बेल्बासे ,कपिलवस्तु-केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।
विभागले सार्वजनिक गरेको तथ्याँक अनुसनर कपिलवस्तुका १० वाणगंगा नगरपालिका  सबैभन्दा बढी जनसङ्ख्या रहेको पालिका भएको छ भने विजय नगर गाउँपालिका सबै भन्दा कम जनसङ्ख्या भएको पालिका बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तुको वाणगंगाको जनसङ्ख्या ९७ हजार १ सय १४ भएको छ भने विजयनगर गाउँपालिकामा ४३ हजार ४ सय ४० पुगेको छ

वाणगंगामा महिलाको जनसंख्या ५१ हजार २ सय ९४ रहेको छ भने पुरुषको जनसंख्या ४५ हजार ८ सय २० पुगेको छ । विजयनगरमा २१ हजार ८ सय ७७८ महिलाको महिलाको जनसंख्या २१ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार शिवराज नगरपमलिकाको जनसङ्ख्या ८४ हजार ४ सय ५४ पुगेको छ ।

शिवराजमा पुरुष भन्दा महिलाको २ हजार २ सय ५८ ले जनसंख्या बढी रहेको छ । शिवराजमा महिलाको जनसंख्या ४३ हजार ३ सय ५६ रहेको छ भने पुरुषको जनसंख्या ४१ हजार ९८ रहेको छ।
बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार बुद्धभुमिमा ७७ हजार २ सय ८१ कपिलवस्तु नगरपालिका (८९९६९), कृष्णनगर (७०,९६९), महाराजगंज भद्रपुर (६५,६६८), मायादेवि( ५७ ,१२१)सुद्धोधन ५३४१७, र यसोधरा (४५,१६९) रहेको छ ।

जनगणना २०७८ अनुसार कपिलवस्तुको जनसङ्ख्या ६लाख ८६ हजार ७ सय ३९रहेको छ । जसमा महिला ३४९१३५ र पुरुष ३३७६०४ रहेको छ ।
कपिलवस्तुमा लैगिंक अनुपात ९६.७० रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर १.७६ प्रतिशत देखिएको छ भने परिवारको औसत आकार ५.६० रहेको छ ।०६८ सालको जनगणनामा कपिलवस्तुको जनसंख्या ५लाख ७१ हजार ९ सय ३६ थियो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu