Connect with us
Kapilvast Forest

मेयरका आकांक्षीहरुले नै रोके नगरको प्रसासनिक भवन

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

 

 

कपिलवस्तु-निर्वाचनको मिति नजिकिदै गर्दा केहि पात्रहरु फेरी सलबलाउदै छन् । गाउँ पुग्दै छन जनता भेट्दै छन र भन्दै छन अबको मेयर म हु । मेयर अधिकारीको खरो आलोचना गदै जसरी पनि यो पटक जिताउनु अनुरोध गदैछन ।

यस्तैमा यता ५ वर्षे कार्यकालको अन्तय तिर छन मेयर नेत्रराज अधिकारी । अग्रज अनुभव र परिपक्क नेताका रुपमा मेयरका प्रत्यासी बनेका अधिकारीलाई जनताले बिजयीको टिका लगाएर नगरको भबिष्य निर्माण गर्ने बाटो देखाए । उनले यो ५ वर्षका प्रत्येक दिन कसरी बिताए त्यसको समिक्षा भावी पुस्ताले पक्कै गर्ला । तर जित्नेको मात्र होईन , पराजित भएर प्रतिपक्षमा रहनेको भुमिका कस्तो रह्यो भन्ने कुरा पनि समिक्षा र आलोचनाको बिषय बन्नु पर्छ । सहि र कमीकमजोरीका ५ वर्ष अधिकारीको ईतिहासमा दाखिला भई सक्यो ।

यता निर्वाचनको मिति ढुकेर बसेका अरु प्रतीपक्षले कस्तो भुमिका निर्वाह गरे ति कुराहरु पनि समिक्षा हुनु पर्छ । पराजित भएका नेपाली काग्रेसका उम्मेदवार शालिन रुपमै रचनात्मक देखिए । माओवादिका उम्मेदवार पनि पराजित पछिको ५ वर्ष मौन नै रहे भने तत्कालिन रुपमा मुख्य प्रतिस्पर्धी देखिएका मेयरका उम्मेदवार कृष्ण कुमार चौधरी र उपमेयरका उम्मेदवार हरि प्रसाद पोख्रेल भने पुरा अवधि चर्चा र आलोचनामा रहे । त्यतिमात्र होईन मधेसबाट नेतृत्व गर्ने र मेयरका सपना देख्ने रबि दत्त मिश्रा पनि पोख्रेल र चौधरीकै कित्तामा देखिए । समग्रमा नगरका विविध विषयमा मौन देखिने नगर भित्रका कमीकमजोरीमा चुईक्क नबाल्ने नेताहरु नगर भवन निर्माणको विषयमा भने खरो रुपमा बिपक्षी भनेर टसमस गरेन्न ।

भावी मेयरका सपना बुन्नेहरुमा सक्रियताका हिसाबले सबै भन्दा अब्बल नेकपा एमालेका नेता एवं पार्टिका नगर उपाध्यक्ष महादेव पोख्रेल सबैलाई उछिनेर अग्रस्थानमा देखिए । आफनै पार्टिका मेयर उपमेयर हदाँ उनि नगरका सबै निति कार्यक्रममा ओझेलमा रहेर अस्त्र शसत्र चलाई रहे भने दोस्रो स्थानमा नेपाली काग्रेसका नेता अजय थापा देखिए । उनी नगरका निति कार्यक्रम योजना भन्दा बाहिर रहेर जनता र कार्यकर्ता नजिक पुगे र आफना गतिवीधी गरिरहे । यस्तैमा नगरको भावि मेयर बन्ने मार्गमा अघि बढेका कृष्ण कुमार चौधरी जनताका बिचमा रही जनताका कार्यमा डटीरहे । आफुलाई भावि मेयरका उम्मेदवारका रुपमा बताउने हरि प्रसाद पोख्रेल चलायमान देखिय पनि नगर भवन निर्माणको बिषय बाहेर अरुमा चुईक्क बोलेन्न । लालपुरबाट मेयरको सपना बुन्ने रविदत्त मिश्रा पनि वडा भित्रै वडामा श्रीमतिका योजना तथा कार्यक्रम संचालन गर्नमा ब्यस्त रहे उनि मेयरका प्रतिस्पर्धी बन्ने दौडमा भन्दा पनि बडामा श्रीमतीलाई सघाउने कार्यमा ब्यस्त देखिए । मुल कुरा त यी सबै मेयरका उम्मेदवारहरुले नगरलाई नजिकबाट कहिल्यै नियालेन्न त्यतिमात्र होईन निति कार्यक्रम कस्तो छ के गदै छन भन्ने कुरामा समेत बिचार र ध्यान दिएन्न पर्ख र हेर मात्र गरीरहे । समग्रमा नगरका कुनै पनि सहि गलत कामको प्रसंसा र बिरोध कहिल्यै भएन । यसै कारण पनि भवन बाहेक कुनै पनि बिषयमा मेयर अधिकारीलाई कहिले कसैले टक्कर गरेन उनि सजिलै आफनो कुर्सीमा बिराजमान रहिरहे । नगरको भवन निर्माणको सपना बाहेक कुनै पनि योजनामा मेयर अधिकारीले बिरोध खेप्नु परेन । निकै सजिलो रह्यो मेयर अधिकारीको ५ वर्ष ।

मेयरका आकांक्षीहरुले नै रोके नगरको प्रसासनिक भवन

 

सर्वोञ्चमा त्रिकोणात्मक अस्त्र चलाईरहेका भावि मेयरका आकांक्षीहरुले नै मेयर नेत्रराज अधिकारीको सपना तुहाएका छन । गरिब जनजाति थारु समुदायको बस्ती नजिक त्यसको उज्जवल भबिष्य कोर्न भवनको सपना देख्ने नेत्रराज अधिकारीलाई आधा रातमा समेत यो सपनाले ब्युताईदिन्छ । भबिष्यमा आउने दिनहरुमा मेयर अधिकारीले यी दिन असफल्ताको दाग बोकेर त्यसको प्रत्याक्रमणरुपी बचाउमा खर्चिनु पर्नेछ । मेयर अधिकारीको सपना यसै तुहिएको छैन । तमाम खाले दाग र भष्ट्राचारको बौछार उनिमाथी परिरहने छ । मेयरका भावि प्रतिस्पर्धी देखिने हरि प्रसाद पोख्रेलले त अधिकारिको ब्यक्तिगत समपत्तीबाट नगरबाट खर्च भएको डेढ करोड रकम असुली गर्ने खुल्ला चुनौति दिदै आएका छन् । उनले भनेका छन ठेकेदारबाट १० लाख रकम बुझेर मेयर अधिकारीले आफनो पकेट भरेका छन तर त्यसको बैद्यता उनीलाई नै थाहा होला । कडा स्वभावका साथ मेयरका तिन आकांक्षी हरि प्रसाद पोख्रेल , कृष्ण कुमार चौधरी र रवि दत्त मिश्रा हुन यो लडाका बाहुबली हिरोहरु ।

शाहको भवनमा भाडामा नगर संचालन भई रहेको अवस्थामा नगरको आफनै प्रशासनिक भवनको सपना सहि थियो तर थारु बस्ती नजिक भवन बन्नु पर्ने र नबन्नु पर्ने अडाको फाईदा कस्लाई पुग्ला र सहि गलत के थियो अब आईने नतिजाले पक्के देखाउला तर कतिपय जनताले बिरोधी नेताहरुलाई बिकास बिरोधि मान्छे भनेर असन्तुष्ठि उकेलीरहेका छन । खासमा जनताबाट भन्दा पनि लोभ लालच र फाईदा घाटाको जगमा यो भवनको अलपत्र अवस्था आई लागेको छ । यतिमात्र होईन त्यहा नबने काहाँ बन्ने त्यसको योजना पनि यो मेयर आकांक्षीले जनतालाई भन्नु पर्छ होईन भने बिरोध गरीरहेका नेताहरुका कारण करोडौको संरचना थलिएको छ जस्को क्षतिपुर्ति जनताले अवक्य माग्ने छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu