Connect with us
Kapilvast Forest

सोलुखोला आयोजनाको सुरुङमा हराएका मजदुर अझै भेटिएनन् 

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

 

सोलुखुम्बु- सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता भएका मजदुर अझै फेला परेका छैनन्। अर्का एक जना घाइतेको भने उपचार भइराखेको छ।

आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटर नै भाँचिएपछि उक्त दुर्घटना भएको हो। सुरुङभित्र पानी बगाउने पाइप स्काभेटरको बकेटमा लिएर जाँदा स्काभेटरनै भाँचिएपछि उक्त बकेटमा रहेका मजदुर बेपत्ता भएका हुन्।

बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी बेपत्ता हुनुभएको हो। दुर्घटनामा पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अङ्गत राय थारुको उपचार भइराखेको छ।

ओखलढुङ्गास्थित मिसन अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कविता कटवालका अनुसार उहाँलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको हो।

घाइतेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता भएका चौधरी भने भिरालो सुरुङको १६० मिटर भन्दा तल खसेको अनुमान गरिएको छ। चौधरीको खोजी कार्य जारी रहे पनि सुरुङभित्र रहेका निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि १४ जना प्रहरी र १२ जना नेपाली सेनाको संयुक्त टोली परिचालित रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu