Connect with us
Kapilvast Forest

सोलुखोला दूधकोशी हाड्रोपावरमा एक महिनामा तीन कामदारको मृत्यु 

२०७८, १७ माघ सोमबारमा प्रकाशित

 

सोलुखुम्बु- जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा एक महिनाभित्र ३ जना कामदारको ज्यान गएको छ। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चन क्षेत्रमा निर्माणाधीन हाइड्रोपावरमा करिब एक महिनाको अवधीमा तीन जनाको ज्यान गएको हो।

गत पुस ११ गते हाइड्रोपावरको पाइप पड्कँदा दुई इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो भने मोहम्मद रायन घाइते भएका थिए।

उक्त घटनाको ठिक ३२ दिनपछि माघ १३ गते सोही स्थानको सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा एक जना कामदारको ज्यान गएको थियो भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। सुरुङ भित्र बेपत्ता बनेका बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको शव नेपाली सेना, नेपाल प्रहरी र आयोजनाको कर्मचारीहरुले तीन दिनपछि शनिबार दिउँसो १६० मिटर गहिराइमा फेला पारेका छन्।

घाइते पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। यसअघि दुई जना इन्जिनियरको मृत्यु भएपछि घटनाबारे छानविन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस १३ गते सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu