Connect with us
Kapilvast Forest

शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना

२०७८, १७ माघ सोमबारमा प्रकाशित

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना माग्नुभएको छ । सोमबार मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना माग्नुभएको हो ।

‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुुप¥यो हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं ।’

मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा बढि रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नुृपर्ने बताउनुभयो ।

‘काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्विद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीको लागि सोच्नुपर्छ,’ मन्त्री पौडेलले भन्नुभयो,‘ काउन्सीलको परीक्षासहित अध्ययनको व्यवस्था यही गरौं विद्यार्थीले नेपालमै पढ्ने कुरामा हामीले खोलिदिनुपर्छ ।’

मन्त्री पौडेलले कोष र क्वालिटीमा मन्त्रालयले हस्तक्षेप नगर्ने भन्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सृर्जना गरी त्यसका लागि मन्त्रालयले गाठो फुकाउनेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्विद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधि मैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता शैक्षिक पात्रको व्यवस्था र त्यसको कडाइका साथ पालना गर्नुपर्ने विषयमा जानकारी गराउनुभयो ।

उहाँले परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रीकरण, बजारमुखी, स्वरोजगारमुलक तथा देशको आवश्यकतानुसारको जनशक्ति उत्पादन, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको प्रभावकारी नियमन, उच्च शिक्षा तर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, सुशासनमा जोडलगायतका १५ सुत्रिय सुधार योजना सुनाउनुभयो ।

उहाँले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाई प्रभावित भएको बताउनुभयो । ‘विभिन्न राजनीतिक दलका मान्छेहरुले १४९ दिन तालाबन्दी गरे,’ उहाँले भन्नुभयो,‘ हामी असुरक्षित छौं, गृहमन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ ।’
४० वर्षअघिका भौतिक संरचना २०७२ सालको भुकम्पले क्षति भएर रातो स्टिकर लगाइसेकपनि त्यही बसेर विद्यार्थीहरुले अध्ययन गरी रहेको सुनाउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu