Connect with us
Kapilvast Forest

कालोमोसो दलिएका सहायक वन अधिकृत लेख्नुहुन्छ, ‘चरित्रमा दाग नलागुञ्जेलसम्म रङ पोतेर केही फरक पर्नेवाला छैन

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

 

कालोमोसो दलिएका सहायक वन अधिकृत लेख्नुहुन्छ, ‘चरित्रमा दाग नलागुञ्जेलसम्म रङ पोतेर केही फरक पर्नेवाला छैन
धनगढी- कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितमाथि भएको दुव्यर्वहार घटनाको वनकर्मीले विरोध गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले उहाँमाथि दुव्र्यवहार गरेको भन्दै वनकर्मीले विरोध जनाएका हुन । उनीहरुले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गतको पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत पण्डितमाथि सोमबार रङ्ग दलिएको थियो । पडितले नै आफूमाथि विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्ताले रङ्ग दलेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ ।

गएको पुसमा नेकपा जिल्ला कार्यसमितिले भजनी नगरपालिकास्थित लक्ष्मी, सयपत्री लगायतका सामुदायिक वन उपभोक्ता समितिसंग सहयोग भन्दै तीन लाख रुपियाँसम्म उठाएको थियो । नेकपाले चन्दा मागेको भन्दै सहायक वन अधिकृत पण्डितले त्यसको विरोध गर्नुको थियो ।

सहायक वन अधिकृत पण्डितमाथि भएको घटना निन्दनीय रहेको भन्दै प्रजातान्त्रिक वन प्राविधिक सङ्घका अध्यक्ष रामऔतार चौधरीले दोषीलाई कानूनी कठ्घरामा उभ्याउन र कारबाही गर्न माग गर्नु भएको छ । यसैगरी, वन कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी गर्नपनि वनकर्मीहरुको माग छ ।

यसैबीच, आफूमाथि मोसो दलिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै सहायक वन अधिकृत पण्डितले नेकपाका कार्यकर्तालाई समाज रुपान्तरणका लागि खुल्ला बहस गर्न चुनौती दिनु भएको छ । उहाँले लेख्नु भएको छ–‘चरित्रमा दाग नलागुञ्जेलसम्म अन्य अनेकौं रङ पोतेर केही फरक पर्नेवाला छैन । समाज रुपान्तरणको लागि यदि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’

उहाँले पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहँदाको यो घटना अविस्मरणीयसमेत रहने उल्लेख गर्नु भएको छ । साथै, देश र जनताकाविरुद्धमा आफ्नो कुनैपनि कार्य भए तीन तहका अदालत र संवैधानिक निकाय र जन अदालतको कठ्घरामा आफू उभिन तयार रहेको उल्लेख गर्नु भएको छ । ‘अन्यथा, एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ’, पण्डितले लेख्नुभएको छ ।

यसअघि, नेपाल कम्युनिष्ट पार्टी कैलालीले सामुदायिक वनबाट चन्दा लिएको विषयमा मिडियामा आएको समाचार खण्डन गर्दै आफ्नो पार्टीले लिएको पुरानो सहयोगलाई आधार बनाएर कुप्रचार गरेको आरोप लगाएको थियो । साथै, वन तस्कर, भ्रष्ट, कमिशनखोरका एक÷एक काला कतुर्तहरु सार्वजनिक गर्ने र जनकारबाहीको दायरामा ल्याउने घोषणा गरेको सो पार्टीद्वारा माघ ११ गते जारी विज्ञप्तीमा उल्लेख छ ।
मोसो दलिएको पण्डित र नेकपाले सामुदायिक वनबाट सहयोग भन्दै पैसा लिएको रसिद ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu