Connect with us
Kapilvast Forest

विजयनगरमा कागज उद्योग र मल कारखाना खाेल्ने तयारी

२०७८, २० माघ बिहीबारमा प्रकाशित

राम अवतार चाैधरी, कपिलवस्तु- लुम्बिनी प्रदेश याेजना आयाेगकाे एक टाेलीले कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारीकाे लागि अनुगमन गरेकाे छ । बुधबार आयाेगकाे टाेलीले कागज उद्योग र मल कारखाना सञ्चालन गरिने क्षेत्रलाई अनुगमन गरिएकाे आयाेगले जनाएको छ । विजयनगर गाउँपालिका-४ स्थित देउपुराकाे पुर्व सुरई नदीकाे छेउमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारी गरिएकाे याेजना आयाेगका सदस्य शिवपुजन यादवले जनाए ।

प्रदेश याेजना आयाेगका उपाध्यक्ष बामदेव क्षेत्री, आयाेगका सदस्य शिव पुजन यादव लगायतकाे टाेलीले क्षेत्रकाे अनुगमन तथा अवलोकन गरिएकाे जनाइएको छ । अनुगमनका क्रममा विजयनगर गाउँपालिका औद्योगिक विकासका लागि उपयुक्त क्षेत्र रहेकाे आयाेगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताए ।

कागज उद्योगका लागि रू. १ करोड रूपैयाँ र मल कारखानाका लागि ५० कराेड रूपैयाँ बजेट विनियोजन गरिएकाे उनले जनाए । कागज उद्योग र मल कारखाना सञ्चालनकाे सम्पूर्ण प्रक्रियाकाे साथ तयारी तीव्र रूपामा अगाडी बढाइएकाे उपाध्यक्ष क्षेत्रीले जिकिर गरे । उनले भने: `लुम्बिनी प्रदेशलाई नै पर्यटन हबकाे रूपमा विकास गरिने प्रदेशको याेजना छ” । यस्तै याेजना आयाेगका सदस्य शिव पुजन यादवले कपिलवस्तु जिल्लाकाे विकासका लागि प्रदेश सरकार सकारात्मक रहेेकाे बताए ।

विजयनगर गाउँपालिका सम्भावित औद्याेगिक क्षेत्र भएकाेले उद्योग र कारखाना स्थापनाका लागि प्राथमिकतामा राखेकाे जनाए । अहिलेकाे सरकार समृद्ध याेजनाका साथ अगाडि बढेकाे सदस्य यादवले जिकिर गरे । त्यसैगरी विजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले आर्थिक क्रान्ति गर्न औद्योगीकरण हुन आवश्यक रहेकाे बताए ।

कागज उद्योग र मल कारखाना स्थापनाका लागि स्थानीय तहबाट हुने आवश्यक सम्पूर्ण प्रक्रिया छिटै पुर्याउने उनले जनाए । उद्योग सञ्चालन पश्चात् सयाैँ स्थानीय नागरिकहरूलाई राेजगारीकाे अवसर सिर्जना हुने बताउँदै औद्योगीकरण र आधुनिकीकरण बिना जनता समृद्ध नहुने जिकिर गरे ।

विजयनगरमा औद्योगिक क्षेत्रकाे रूपमा विकास गर्नका लागि पटक-पटक प्रदेश र केन्द्रीय सरकारकाे आयाेगमा पहल गर्दै आएकाे समेत अध्यक्ष थापाले बताए । कपिलवस्तुका आम नागरिक कृषि पेशामा निर्भर भएकाेले विशेषगरी कृषिलाई प्राथमिकतामा राखी विकास गर्ने जनता समाजवादी पार्टीका युवा नेता रहिश शाहले बताए । यस क्षेत्रका विकास गर्न सबैको सहयोग अपरिहार्य रहेकाे जनाउँदै मधेशमा समान्तीवादी साेंचका कारण विकास हुन नसकेकाे समेत उनले बताए ।

यसैबीच जसपा कपिलवस्तुका जिल्ला उपाध्यक्ष राम निवास पुरीले ग्रामीण भेग भएकाेले औधाेगिक क्षेत्रकाे रुपमा विकास गर्न सके राेजगारीका अवसर सिर्जना हुने दावी गरे । विजयनगरले विकासकाे प्रचुर सम्भावना बाेकेकाेले पर्यटकीय क्षेत्र शंकर ताल, कृषि क्षेत्रका लागि उपयुक्त रहेकाे जगदीशपुरकाे सुरही नदी छेउ लगायतको क्षेत्रसमेत अनुगमन गरिएकाे उपाध्यक्ष

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu