Connect with us
Kapilvast Forest

नेपालको विकाशील र लोकतान्त्रीक पार्टि कांग्रेस भएकाले कांग्रेस रोजें:नवप्रवेशि शाह

२०७८, २२ माघ शनिबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदावारी दिएर विजय भएका शाह कांग्रेस प्रवेश गर्नुभएको हो ।

सनिवार आफनै निवास वहादुरगंजमा एक कार्यक्रमका विच वडा अध्यक्ष सहित करिव ४ हजार समर्थक सहित शाह नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले वताएको छ । शाहलाई पार्टि सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ । शभापति पुनले नगरप्रमुख शाहको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु क्षेत्र न ३ मा कांग्रेस थप वलियो भएको विश्वास ब्यक्त गर्नुभएको छ ।

नगरप्रमुख शाहलाई पार्टिका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय , प्रतिनिधि शभा सदस्यहरु अभिषेक प्रताप शाह , अतहर कलाम , जिल्ला सभापति अव्दुल कलाम सहितका नेताहरुले सुभकामना ब्यक्त गरेका छन । नवप्रवेशि नगरप्रमुख शाहले स्वतन्त्र भई काम गर्न कठिनाई भोगेको वताउनुभएको छ । केन्द्र देखि स्थानीय तह सम्म विभिन्न पार्टिका सरकार भएकाले आफु स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासको लागी सहयोग प्राप्त गर्न नसकेको दुखेसो ब्यक्त गर्नुभयो ।

शाहले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ । शाह संगै नगरपालीका वडा न ९ का वडा अध्यक्ष राममिलन चौधरी , वहुजन पार्टिका प्रभावशाली नेता चर्तुभुज कहांर , सहित विभिन्न पार्टि परित्याग गरि ४ हजार समर्थक प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu