Connect with us
Kapilvast Forest

फाइभजीको तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन

२०७८, २२ माघ शनिबारमा प्रकाशित

 

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ ।मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिनु भएको हो ।

 

कम्पनीको १८औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराउनु भयो ।

‘फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाइभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भईसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु ।’ मन्त्री कार्कीले भन्नु भयो , ‘देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैंत्री सेवा पुर्‍याउने छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu